काठमाडाैँ, ५ मंसिर २०८३ ।
एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी खेल्न लागेका हुन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ ।
लगातार दोस्रो पटक फाइनलमा पुगेका यी दुई टोली यसपटक पनि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो ।
यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो । त्यसैले यसपटक सुदूरपश्चिम लगातार तीन पटक फाइनल पुगेर पनि उपाधिविहीन बन्ने क्रम तोड्ने लक्ष्यमा हुनेछ ।
