विपत्तिमा धार्मिक क्षेत्रको साथ, धर्मगुरु विजयकृष्ण मूर्तिद्वारा १ लाख ११ हजार सहयोग

काठमाडौँ, ११ भदौ २०८३ । धर्मगुरु विजयकृष्ण मूर्तिजी महाराजले सरकारी कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा उहाँले सो रकम सहयोग गर्नुभएको हो । विभिन्न धार्मिक तथा सामाजिक संस्थाको नेतृत्व गरिरहनुभएका विजयकृष्ण मूर्तिले विपत्तिमा सबै जुटेर सहयोग गर्नुपर्ने दायित्व सम्झेर […]

पुरा पढ्नुहाेस्

भाेटेकाेशी बाढीकाे वितण्डाः ३३ देशका नागरिक सम्पर्कविहीन

काठमाडाैं, ११ भदाै २०८३ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ३३ देशका नागरिक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले बिहीबार दिउँसो १२ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार ३३ देशका नागरिक वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा ५ सय १७ जना विदेशी नागरिक छन् जसमा सबैभन्दा धेरै भारतीय छन्। बोर्डको प्रारम्भिक विवरणअनुसार भारतका […]

पुरा पढ्नुहाेस्

नागढुङ्गा सुरुङमार्ग खुला, यस्ताे छ मापदण्ड

काठमाडाैं, ८ भदाै २०८३ । आजबाट नागढुङ्गा सुरुङमार्ग खुला भएकाे छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा  आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको हाे । आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयाे । जैसीका अनुसार हालका लागि […]

पुरा पढ्नुहाेस्

हत्या गरिएकी बाराकी बालिका गरिमाका अभिभावकसँग सरकारको सहमति

बारा, ७ भदाै २०८३ । बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति भएकाे छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ दसधुरीकी ३ वर्षीय अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको हाे । गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबाआमासँग सरकारले तीनबुँदे सहमति गरेको भएकाे बताइएकाे छ। […]

पुरा पढ्नुहाेस्

जोरपाटीको मन्दिर परिसरमा एक पुरुषकाे शव फेला

काठमाडौं, ६ भदाै २०८३ । जोरपाटीको मन्दिर परिसरमा एक पुरुषकाे शव फेला परेकाे छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित जोरपाटी मन्दिर परिसर एक पुरुषको शव फेला परेको हाे। शनिबार दिउँसाे अन्दाजी ५२ वर्षीय एक पुरूष मृत भेटिएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

पुरा पढ्नुहाेस्

पहिराेमा परि ४ जनाकाे ज्यान गयाे

जाजरकोट, ३१ साउन २०८३ । जाजरकाेटमा पहिराेमा परि ४ जनाकाे ज्यान गएकाे छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ चिसापानीमा पहिरो जाँदा  ४ जनाकाे ज्यान गएकाे हाे । पछिल्लाे समय ७० वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झन्डै ५० मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  यसअघि पहिरोमा परेर […]

पुरा पढ्नुहाेस्

खोलाले बगाउँदा २ बालक बेपत्ता

कास्की, ३० साउन २०८३ । खोलाले बगाउँदा २ बालक बेपत्ता भएका छन् । कास्कीकाे पोखरा स्थित विजयपुर खोला तर्ने क्रममा स्याङ्जा घर भई पोखरा बस्ने दुई बालक बेपत्ता भएका हुन् । उनीहरूको खोजी जनपद प्रहरी, सशत्र प्रहरीको गोताखाेर सहितकाे टोलीले गरिरहेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयाे । बेपत्ता हुनेमा स्याङ्जा घर […]

पुरा पढ्नुहाेस्

ग्यास आपूर्ति सहज बनाउन सरकारले पहल थाल्याे

काठमाडाैं, २५ साउन २०८३ । ग्यास आपूर्ति सहज बनाउन सरकारले पहल थालेकाे छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको हाे । सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्रै ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी […]

पुरा पढ्नुहाेस्

ग्वार्कोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, २१ साउन २०८३ । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते हुनुका साथै एकजनाकाे मृत्यु भएको हो । बा२ख ३५९० नम्बरको बस दुर्घटना हुँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर […]

पुरा पढ्नुहाेस्

बजारमा नक्कली सामानकाे बिगबिगी, सयभन्दा बढी नक्कली उत्पादन बरामद

काठमाडाैं, १७ साउन २०८३ । बजारमा नक्कली सामानकाे बिगबिगी बढेकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेकाे अनुगमनमा नक्कली सामानकाे बिगबिगी भएकाे पाइएकाे हाे । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन  नियन्त्रणमा लिएको छ । जसमा विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक […]

पुरा पढ्नुहाेस्