पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अपराध यातयात समाचार

धादिङ, ८ मंसिर २०८३ ।

गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे ।

काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई गल्छी गाउँपालिका-७ गल्छीबजारमा ठक्कर दिँदा डडेलधुराको अजयमेरु गाउँपालिका-४ का मोटरसाइकल चालक २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएकाेमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको धादिङ प्रहरीले जनाएको छ । उनलाई तत्काल उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल पठाइएको थियो ।

टिपर चालक मकवानपुरको भिमफेदी गाउँपालिका-२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।