काठमाडाैँ, ७ मंसिर २०८३ ।
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता भएकाे छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको हाे ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर उपहार दिएका थिए ।
भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए । मोदीले भने बालेनलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चल नाथ पाण्डेलगायत सहभागी हुनुभएको थियो ।
त्यसैगरी भारतका तर्फबाट विदेशमन्त्री डा. एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
