तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको आज परीक्षण गरिंदै, टावर वरिपरि नजान आग्रह

बागलुङ, ३ फागुन २०८२ । नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेशनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह गरिने प्राधिकरणले जनाएको छ । उच्च भोल्टेजका कारण हुन सक्ने […]

पुरा पढ्नुहाेस्

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

रौतहट, ३ फागुन २०८२ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो । बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ गुडिरहेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर […]

पुरा पढ्नुहाेस्

फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटियो

कास्की(पोखरा), १ फागुन २०८२ । पोखराको फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटिएको छ । पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हान्दा एसएलआर बन्दुक र १८ राउण्ड गोली फेला परेको हो । जाल हान्ने क्रममा भेटिएको उक्त हतियार र गोली  प्रहरीले बरामद गरेको  प्रहरीले जानेको छ ।  जाल […]

पुरा पढ्नुहाेस्

बागलुङमा स्कुल भ्यान दुर्घटना हुदा २४ जना घाइते

बागलुङ, २९ माघ २०८२ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुदा २४ जना घाइते भएका छन्  । विहिवार एभरेष्ट एकेडेमी स्कुल रामरेखाको ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान दुर्घटना भएको हो । विद्यार्थी बोकेर रातमाटा जाँदै गर्दा बागलुङ नगरपालिकामा दुर्घटना भएको  प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइते २४ जनामध्ये  ४ जनाको अवस्था गम्भिर […]

पुरा पढ्नुहाेस्

जैमिनी २ का पूर्व वडाध्यक्षको इमानदारिता: बैंकमा अञ्जान पैसा आएकाले फिर्ता लान आग्रह

बागलुङ, २५ कात्तिक २०८२ । बागलुङको जैमिनी नगरपालिका वडा नं २ का पूर्व वडाध्यक्षले आफ्‌नो खातामा अपरिचित पैसा आएकाले फिर्ता लैजान आग्रह गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ११ हजार रुपैयाँ अपरिचित व्यक्तिको नामबाट आएकाले भौचर पठाएर फिर्ता लान आग्रह गर्नुभएको हो । उहाँको ग्लोबल आइएमई बैंकको खातामा केशव नामबाट ११ […]

पुरा पढ्नुहाेस्

भीरबाट लडेकाकाे शव निकाल्न गएका व्यक्तिकाे पनि लडेर ज्यान गयाे

काठमाण्डाै, ५ ५भदौ २०८२ । गोरखामा भीरबाट लडेर ज्यान गुमाएका एक व्यक्तिको शव निकाल्न जाँदा लडेर अर्का एक व्यक्तिको पनि ज्यान गएको छ । बिहिबार चुमनुव्री गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय छिसे दोर्जेको शव निकाल्न जाँदा मृत्यु भएको हो । चुमनुव्री गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय रिनजिन लामा सोमवार बिजुलीको बिल […]

पुरा पढ्नुहाेस्

भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

अर्घाखाँची, २८ साउन २०८२ । अर्घाखाँचीमा भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–२ घोचेखोलाबाट प्रहरीले भैँसी बोकेको जीपका चालक र सहचालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज पौडेल र रोल्पाको लुङ्ग्री गाउँपालिका–२ घर भएका क्रिस बाँनिया रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद […]

पुरा पढ्नुहाेस्

सेप्टिक ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

सुनसरी, २८ साउन २०८२  । सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत फेला परेका हुन् । तामाङले घर निर्माणको पेटी ठेक्का लिएका र राई कामदार रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज […]

पुरा पढ्नुहाेस्

श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिँदै

पोखरा, २३ चैत २०८१ । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिने भएको छ । आयोजक मानव सेवा फाउण्डेशनले ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को अवसरमा चैत २४ गते आइतबार संकल्प सभा गर्न लागेको हो । कास्कीको पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा आयोजना हुने कोटिहोमको संकल्प सहितका कार्यक्रमहरु चैत […]

पुरा पढ्नुहाेस्

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डौ, १८ चैत २०८१ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा […]

पुरा पढ्नुहाेस्