बागलुङको ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ, ३ चैत २०८२ । बागलुङको ढोरपाटनमा फैलिएको दादुराको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिकाका सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६ सय ५६ जनालाई खोप लगाएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ । […]

पुरा पढ्नुहाेस्

नेपालमा अनौठो घटना: एक व्यक्ति मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आए

अर्घाखाँची, २ चैत २०८२ । एक व्यक्ति मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएका छन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार एक युवक आफ्नो मोटरसाइकलको ट्यांकी नै हातमा बोकेर पेट्रोल भर्न आएका हुन् । सन्धिखर्क–१ शान्ति बगैँचा नजिक रहेको भुसाल पेट्रोल पम्पमा एक युवकले बाइक होइन, बाइकको ट्यांकी मात्र लिएर पेट्रोल हाल्न आएका थिए । पम्पका कर्मचारीले […]

पुरा पढ्नुहाेस्

ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना तिराइयो

कास्की, १ चैत २०८२ । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै […]

पुरा पढ्नुहाेस्

“राज्य नसक्नेका लागि हुनुपर्छ” धुनिवेशी नगर प्रमुख आचार्य

सुजन प्रेमी सुवेदी धादिङ, २८ फागुन २०८२ । धादिङको धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले राज्य नसक्नेहरुका लागि हुनुपर्ने बताउनुभएको छ । जिल्लाखबर डटकमसँग कुराकानी गर्दै उहाँले कमजोर वर्गहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको हो । स्थानीय सरकारले नै जनताको मर्का बढी बुझ्न सक्ने भन्दै उहाँले कमजोर वर्गको दायित्व राज्यले लिनुपर्ने धारणा राख्नुभयो । धुनिवेशी नगरपालिकाले […]

पुरा पढ्नुहाेस्

जिपले च्यापेर चालकको मृत्यु

लमजुङ, २६ फागुन २०८२ । लमजुङको दोर्दी गाउँपालिका–४ लामीडाँडामा जिपले च्याप्दा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा दोर्दी गाउँपालिका–४ ठुलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार मृतक गुरुङ सो जितका चालक हुन् । […]

पुरा पढ्नुहाेस्

रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

रुकुम पश्चिम, २६ फागुन २०८२ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र त्यही ठाउँकी १२ वर्षीया कल्पना ओलीको […]

पुरा पढ्नुहाेस्

सुनसरी-१ बाट हर्क साम्पाङ निर्वाचित

सुनसरी, २४ फागुन २०८२ । सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेका छन् ।  एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाए […]

पुरा पढ्नुहाेस्

ओखलढुंगाको रोचक नतिजा, ५ भोटले रास्वपाका उम्मेदवार विजयी

ओखलढुंगा, २४ फागुन २०८२ । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका कुमार लुइटेललाई ५ मतले हराउदै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् […]

पुरा पढ्नुहाेस्

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी, ८ फागुन २०८२ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न भएको छ । कालीगण्डकी करिडोर योजनाअन्तर्गत १३ किलोमिटर सडक दुई लेनको ११ मिटर फराकिलो गरी अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार, सडकको ढलान र कालोपत्र ९ सय ६० मिटर बाहेक सबै खण्डमा सकिएको छ । […]

पुरा पढ्नुहाेस्

रामेश्वरधाम मन्दीर सिन्धुलीमा श्रीमद्भागवत कथा प्रवचन सुरु, पूर्वसन्ध्यामा कलश यात्रा सम्पन्न

सिन्धुली,४ फागुन २०८२ । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम परिसरमा आइतबार महाशिवरात्रीका पावन शुभदिनबाट आयोजना भएको श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्यामा शान्ति कलश यात्रा सम्पन्न गरिएको छ । पञ्चेबाजा सहित पण्डीत,पुरोहित,सन्त महन्थको अगुवाईमा रामेश्वरधामको प्रांगणबाट शुभारम्भ गरिएको शान्तिकलश यात्रामा श्रद्धालु भक्तजनहरुको बृहत सहभागिता रहको थियो । कलशयात्राले सिन्धुलीमाडी बजारका अतिरिक्त कालीमाई लगायत विभिन्न मठ÷मन्दीर,चोक÷चौताराहरुको परिक्रमा […]

पुरा पढ्नुहाेस्