सामाजिक सञ्जाल बन्द गर्दा सरकार आफैं समस्यामा, सूचना दिन मुस्किल

काठमणडौ, २१ भदौ २०८२ । सामाजिक सञ्जाल निष्कृय बनाउँदा सरकारी कार्यालयकै कतिपय कामहरु प्रभावित भएका छन् । धेरैजसो सरकारी कार्यालयहरुले आम नागरिकसम्म जानकारी पुर्‍याउन र प्रतिक्रिया तथा गुनासो लिनका लागि आधिकारिक रूपमा फेसबुक, ह्वाट्सएप, ट्विीटर, यूट्यूव, भाइवर लगायतका सामाजिक सञ्जालको प्रयोग गर्दै आएका थिए । सूचीकृत नभएका सामाजिक सञ्जाल निष्कृय बनाउँदा ति सेवाहरु प्रभावित भएका […]

पुरा पढ्नुहाेस्

NTC र NCELL को नेटवर्कमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

काठमाण्डौ, २० भदौ २०८२ । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले […]

पुरा पढ्नुहाेस्

फेसबुक सहित मेटा कम्पनीका सेवा बन्द नहुने संकेत, माग्यो आवश्यक कागजातको सूची

काठमाडौं, १९ भदौ २०८२ । फेसबुकको मातृ कम्पनी मेटाको सेवा बन्द नहुने संकेत देखिएको छ । नेपाल सरकारले सूचिकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि मेटा सम्पर्कमा आएकाले प्रकृया पुरा गरेर सञ्चालन हुने संकेत देखिएको हो । मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कम्पनी दर्ताका लागि […]

पुरा पढ्नुहाेस्

इम्बोस्ड नम्बर खारेजका लागि ५३ संस्थाको ध्यानाकर्षण, जबर्जस्ती नगर्न आग्रह

काठमाडौं, १२ भदौ २०८२  । सरकारले इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने  भनेपछि ५३  संस्थाले विरोध जनाएका छन्  । सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा ५३  संघसंस्थाले  विरोध जनाएका हुन्  ।  ५३  संस्थाहरूको आज बसेको संयुक्त बैठकले सरकारको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । इम्बोस्ड नम्बरमा  स-सम्मान […]

पुरा पढ्नुहाेस्

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डौ, १८ चैत २०८१ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा […]

पुरा पढ्नुहाेस्

पोखरामा सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान, हिमालयको जहाज अवतरण

काठमाण्डौ, १८ चैत २०८१ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ […]

पुरा पढ्नुहाेस्

बाग्लुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बाग्लुङ, १८ चैत २०८१ । बाग्लुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित १० वटा पालिकाका दुई सय ८५ ठाउँमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा धेरै जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रयोगशाला प्राविधिक डिल्ली […]

पुरा पढ्नुहाेस्

सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुग्यो

काठमाण्डौ, १८ चैत २०८१ । सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७६ हजार […]

पुरा पढ्नुहाेस्