गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

अचम्मका कुरा अर्थ बजार कुराकानी खेलकुद चर्चा बाहिरका कुरा जिल्ला विशेष जीवनशैलि देश बाहिर धार्मिक तथा आध्यात्मिक पर्यटन पालिका विशेष बैंक तथा वित्त मनाेरञ्जन माैसम राजनीति लेख रचना विचार शिक्षा समाचार समाज साहित्य सृजना सूचना प्रविधि स्वास्थ्य समाचार

काठमाण्डौ, १८ चैत २०८१ ।

काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा राहुलको शव भेटिएको थियो ।

पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल र ४५ वर्षीय उत्तम मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, १८ वर्षकै करनकुमार महतो र २३ वर्षीय जोधन मण्डल तथा भारतको बिहार घर भएका २९ वर्षीय सुनिल शर्मा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । निपु र जोधन गोकर्णेश्वर तथा सुनिल दक्षिणढोका बस्दै आएका थिए ।

उनीहरूले लेनदेनको विषयमा राहुलको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र यस विषयमा अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले बताउनुभयो ।