आधा महिनापछि बागलुङ जिल्ला राष्ट्रिय सडकसँग जोडियो

सुजन प्रेमी सुवेदी बागलुङ, २६ असोज २०८३ ।   आधा महिनापछि बागलुङ जिल्ला राष्ट्रिय सडकसँग जोडिएको छ । गएको असोज ८ देखि ११ गतेसम्मकाे वर्षाले क्षति पुगेको मालढुङ्गाको पुल मर्मत भएसँगै बागलुङ सडकसँग जोडिएको हो । चाडबाड लागेसँगै दिनरात खटिएर पुल मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । […]

पुरा पढ्नुहाेस्

आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडाैं, २६ असाेज २०८३ । दशैँकाे दास्राे दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गर्न लागिएकाे हाे । नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी […]

पुरा पढ्नुहाेस्

बूढीगण्डकी बाढी : ३५ घर बगे, मान्बु-सोती जोड्ने मोटरेबल पुल बगायो

गाेरखा, २५ असाेज २०८३ ।  गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको हो । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा […]

पुरा पढ्नुहाेस्

पुल बन्ने आशामा बागलुङबासी, दशैँमा गाउँ फर्किनेहरु समस्यामा

सुजन प्रेमी सुवेदी बागलुङ, २४ असोज २०८३ । बागलुङबासी दशैँ नजिकिएसँगै मालढुङ्गाको पुल बन्ने आशामा छन् । गत असोज ८ गतेदेखि परेको अविरल बर्षाका कारण क्षति भएको बागलुङ पर्वत जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेवल पुल छिटै मर्मत हुने बागलुङबासीले आशा गरेका हुन् । असोज २५ गतेदेखि दशैँको रौनक सुरु भएपनि बागलुङ जिल्लालाई राष्ट्रिय राजमार्गमा जोड्ने मालढुङ्गाको […]

पुरा पढ्नुहाेस्

सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, आजदेखि सडक खुलाउने प्रयास हुँदै

धादिङ, २४ असाेज २०८३ ।  धादिङको गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि अवरूद्ध भएकाे पृथ्वी राजमार्ग भित्ता काटेर खुलाउन लागिएकाे छ ।  हिजो बेलुकीदेखि अवरुद्ध  सडक भासिएको ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास गर्न लागिएकाे हाे । गलौँदीमा ब्याक कटिङ (भित्ता काटेर) गरेर सडक खुलाउन सकिने अवस्था भएकाले भित्ता काटेर नै सडक खुलाउन लागिएकाे सडक […]

पुरा पढ्नुहाेस्

मामाघर आश्रम ललितपुरको सामाजिक लेखापरक्षण कार्यक्रम सम्पन्न, यस्तो छ संस्थाका गतिविधि

ललितपुर, २३ असोज २०८३ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल (मामाघर आश्रम) ललितपुरको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित आश्रमको आर्थिक वर्ष २०८२/८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । संस्थाले वर्षभरि गरेका सामाजिक गतिविधि, आर्थिक आम्दानी तथा खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य, […]

पुरा पढ्नुहाेस्

हुम्लामा बेमासमी हिमपात, जनजीवन प्रभावित

हुम्ला, २१ असाेज २०८३ ।  हुम्लामा बेमासमी हिमपात हुँदा जनजीवन प्रभावित बनेकाे छ । हुम्लाकाे नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएकाे हाे । वर्षा र हिमपातका कारण चिसाे बढेकाले सतर्कता अपनाउन आग्रह  गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयाे । अहिले हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात […]

पुरा पढ्नुहाेस्

दाउन्नेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, १० जना घाइते

नवलपरासी, १७ असोज २०८३ । दाउन्नेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । नवलपरासी पूर्वको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु नुका साथै  १० जना यात्रु घाइते भएका हुन् । कोहलपुरबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको विनय त्रिवेणी […]

पुरा पढ्नुहाेस्

सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी

काठमाडाैँ, १६ असाेज २०८३ । सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी गरिएकाे छ । खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी गरिएकाे हाे । सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले जानकारी दिनुभयाे । विकास […]

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो कार्यप्रगति, यस्ता छन् सरकारकाे काम

काठमाडौँ,  १६ असोज २०८३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि यही असोज १६ गतेसम्म भएका कार्यप्रगतिका विवरण सार्वजनिक गर्नुभएको हो । कार्यालयले सुरु गरेको नियमित साप्ताहिक प्रेस ब्रिफ्रिङ रसुवाको भोटेकोशी नदीमा […]

पुरा पढ्नुहाेस्