काठमाडाैँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन, यस्ताे छ बस चल्ने रूट

काठमाडाैँ, २ कात्तिक २०८३ । काठमाडाैँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन भएकाे छ । दशैँको अवसरमा काठमाडाैँ उपत्यकामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको हाे  । दशैँमा काठमाडाैँ उपत्यकामा सार्वजनिक यातायातका साधन न्यून रूपमा चल्ने भएकाले आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ निःशुल्क २ वटा बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक […]

पुरा पढ्नुहाेस्

नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट आवतजावत खुल्यो, पुल सम्पन्न हुनै बाँकी

नुवाकाेट, १ कात्तिक २०८३ । नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट आवतजावत खुलेकाे छ । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली नदीमाथिका दुई वटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको हाे । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको सहजताका लागि […]

पुरा पढ्नुहाेस्

सुनकोशी नदीमा जिप खस्दा ३ जनाको ज्यान गयाे, ३ जना बेपत्ता

सिन्धुली, १ कात्तिक २०८३ । सुनकोशी नदीमा जिप खस्दा ३ जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको ज्यान जानुका साथै ३ जना बेपत्ता भएका हुन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे […]

पुरा पढ्नुहाेस्

स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाले अनावश्यक परीक्षण गराए भुक्तानी नपाउने

काठमाडाैँ, ३१ असाेज २०८३ ।  स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक परीक्षणको दाबी अस्वीकृत हुनेसहित पाँचबुँदे निर्देशन दिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको हाे । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी […]

पुरा पढ्नुहाेस्

दशैँको बेला काठमाडौँमा फोहोर नउठाइने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह

काठमाडाैँ, ३० असाेज २०८३ ।  दशैँको बेला काठमाडौँमा फोहोर नउठाइने भएकाे छ । कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर नउठ्ने भएको हाे । दशैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि दशैँ मनाउन जाने हुँदा महानगरको तर्फबाट फोहोर व्यवस्थापन नहुने काठमाडौँ  महानगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै यस अवधिमा फोहोरलाई कुहिने […]

पुरा पढ्नुहाेस्

नेपालमै मल कारखाना खाेल्ने बाटाे खुल्याे, सरकारद्वारा प्रस्ताव आह्वान

काठमाडाैँ, २९ असाेज २०८३ ।  नेपालमै मल कारखाना खाेल्ने बाटाे खुलेकाे छ । सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हाे। वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको कृषि, वन तथा […]

पुरा पढ्नुहाेस्

दशैँकाे मुखमै घट्दै सुनकाे भाउ, यस्ताे छ बजारमूल्य

काठमाडाैँ, २९ असाेज २०८३ ।  दशैँकाे मुखमा सुनकाे भाउ घट्दै गएकाे छ । विगत ४ दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हाे । हिजाे प्रतिताेला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज १ हजार १ सय रुपैयाँले घटेर २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको […]

पुरा पढ्नुहाेस्

हिमपहिरोका कारण बुढीगण्डकीमा बाढी आएको पुष्टि

गाेरखा, २८ असाेज २०८३ ।  हिमपहिरोका कारण बुढीगण्डकीमा बाढी आएको पुष्टि भएकाे छ । एको आइतबार बुढीगण्डकी नदीमा बाढी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढी आएको पुष्टि गरेको हाे । स्थलगत अध्ययन र सेटेलाइट तस्बिर अध्ययन गरेर बाढी आउनुमा एउटै मात्र नभई बहुकारण रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा […]

पुरा पढ्नुहाेस्

आधा महिनापछि बागलुङ जिल्ला राष्ट्रिय सडकसँग जोडियो

सुजन प्रेमी सुवेदी बागलुङ, २६ असोज २०८३ ।   आधा महिनापछि बागलुङ जिल्ला राष्ट्रिय सडकसँग जोडिएको छ । गएको असोज ८ देखि ११ गतेसम्मकाे वर्षाले क्षति पुगेको मालढुङ्गाको पुल मर्मत भएसँगै बागलुङ सडकसँग जोडिएको हो । चाडबाड लागेसँगै दिनरात खटिएर पुल मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । […]

पुरा पढ्नुहाेस्

आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडाैं, २६ असाेज २०८३ । दशैँकाे दास्राे दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गर्न लागिएकाे हाे । नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी […]

पुरा पढ्नुहाेस्