दशैँको बेला काठमाडौँमा फोहोर नउठाइने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह

जीवनशैलि पालिका विशेष समाचार समाज स्वास्थ्य समाचार

काठमाडाैँ, ३० असाेज २०८३ । 

दशैँको बेला काठमाडौँमा फोहोर नउठाइने भएकाे छ । कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर नउठ्ने भएको हाे ।

दशैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि दशैँ मनाउन जाने हुँदा महानगरको तर्फबाट फोहोर व्यवस्थापन नहुने काठमाडौँ  महानगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै यस अवधिमा फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न  भनेकाे छ । आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्न महानगरको आग्रह छ ।

यस्ताे छ महानगरकाे सूचना.. हेर्नुहाेस् ।