आज इन्द्रजात्रा पर्व मनाइँदै, दहचोकको इन्द्रदहमा मेला

काठमाडौं, २१ भदौ २०८२  । आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।  वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाउन लागिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो […]

पुरा पढ्नुहाेस्

NTC र NCELL को नेटवर्कमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

काठमाण्डौ, २० भदौ २०८२ । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले […]

पुरा पढ्नुहाेस्

फेसबुक सहित मेटा कम्पनीका सेवा बन्द नहुने संकेत, माग्यो आवश्यक कागजातको सूची

काठमाडौं, १९ भदौ २०८२ । फेसबुकको मातृ कम्पनी मेटाको सेवा बन्द नहुने संकेत देखिएको छ । नेपाल सरकारले सूचिकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि मेटा सम्पर्कमा आएकाले प्रकृया पुरा गरेर सञ्चालन हुने संकेत देखिएको हो । मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कम्पनी दर्ताका लागि […]

पुरा पढ्नुहाेस्

काठमाडौँ प्रहरीको आग्रह- छिमेकीलाई असर हुने गरि ध्वनि निकाल्ने कुनै काम नगरौं

काठमाण्डाै, १९ भदौ २०८२ । प्रहरीले काठमाण्डौ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि छिमेकीलाई असर हुने गरि ध्वनि निकाल्ने कुनै काम नगर्न आग्रह गरेको छ । काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना निकालेर शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि भन्दै कम आवाज निस्कने उपाय अपनाउन आग्रह गरेको हो । हिजोदेखि शान्त तथा अवरोधमुक्त छिमकी अभियान शुरू […]

पुरा पढ्नुहाेस्

असोज नलाग्दै एक सय बढी ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

काठमाण्डौ, १७ भदौ २०८२ । सरकारले असोज नलाग्दै एक सय बढी ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । आउँदो भदौ ३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत काठमाण्डौ उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन […]

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउमा नयाँ कीर्तिमानी, चाँदीकोभाउ पनि उच्च

काठमाण्डौ,  १६ भदौ २०८२ । सुनचाँदीको भाउमा नयाँ कीर्तिमानी कायम भएको छ । सुन आज एकैदिन तोलामा झन्डै २ हजारले बढेर नयाँ कीर्तिमानी कायम भएको हो । सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । निरन्तर बढिरहेको […]

पुरा पढ्नुहाेस्

नेपाल आइडल सिजन ६ को उपाधि गङ्गा सोनामले जितिन्

काठमाण्डौ, १६ भदौ २०८२ । नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छन् । गएराति भएको अन्तिम प्रतिस्पर्धामा अरू चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । गङ्गाले पुरस्कारस्वरूप उपाधि ट्रफी, २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् । यस सिजनमा बबिता थापा मगर दाेश्राे र दर्शना गान्धारी तेश्राे घोषित […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य संशोधन: केहीको घट्यो, केहीको यथावत

काठमाण्डौ, १६ भदौ २०८२ । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा लितटरको चार रूपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटेको हो । पेट्रोल र एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न […]

पुरा पढ्नुहाेस्

इम्बोस्ड नम्बर खारेजका लागि ५३ संस्थाको ध्यानाकर्षण, जबर्जस्ती नगर्न आग्रह

काठमाडौं, १२ भदौ २०८२  । सरकारले इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने  भनेपछि ५३  संस्थाले विरोध जनाएका छन्  । सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा ५३  संघसंस्थाले  विरोध जनाएका हुन्  ।  ५३  संस्थाहरूको आज बसेको संयुक्त बैठकले सरकारको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । इम्बोस्ड नम्बरमा  स-सम्मान […]

पुरा पढ्नुहाेस्

पशुपतिको सत्तलमा एक वेवारिसे महिला मृत फेला

काठमाडौं, १२ भदौ २०८२  । पशुपतिको सत्तलमा एक वेवारिसे महिला मृत फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–८ पशुपतिनाथ मन्दिरको सत्तलमा एक महिला मृत भेटिएकी हुन् । पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष उमेरकी हिला मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । बिहीबार बिहान मृत भेटिएकी […]

पुरा पढ्नुहाेस्