बागलुङ, ३ वैशाख २०८३ ।
बागलुङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ । बागलुङको बडिगाड गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय किस्मत परियारको मृत्यु भएकाे हाे ।
बुधबार राती बडिगाड गाउँपालिका वडा नं ५ जोगीबगरमा पर्ने मध्यपहाडी लोकमार्गमा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक नालीमा खसेर दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी परियार र अर्का ३२ वर्षीय कृष्ण वि.क गम्भीर घाइते हुनुभएकाे थियाे । घाइते परियारको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा आज बिहिबार मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
यस्तै दुर्घटनामा परी घाइते हुनुभएका वि.ककाे गलकाेट नगर अस्पतालमा उपचार भैरहेकाे छ । बडिगाड गाउँपालिका वडा नं ५ मा बालुवामा मजदुरी गर्ने उहाँहरु खौलार बजारबाट बालुवातर्फ जाँदै गर्दा दुर्घटनामा परेकाे बताइएकाे छ । घाइते वि.कको शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएकाे छ ।
