धादिङ, २४ असाेज २०८३ ।
धादिङको गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि अवरूद्ध भएकाे पृथ्वी राजमार्ग भित्ता काटेर खुलाउन लागिएकाे छ । हिजो बेलुकीदेखि अवरुद्ध सडक भासिएको ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास गर्न लागिएकाे हाे ।
गलौँदीमा ब्याक कटिङ (भित्ता काटेर) गरेर सडक खुलाउन सकिने अवस्था भएकाले भित्ता काटेर नै सडक खुलाउन लागिएकाे सडक विभागले जनाएकाे छ । दशैँको टिकट बुकिङ खुलेकै दिन काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि दशैँमा घर हिँडेका यात्रुहरु अलपत्र परेका छन् ।
पृथ्वी राजमार्ग भएर दैनिक १५ हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् । दशैँका बेला भने योभन्दा पनि तेब्बर संख्यामा गाडी ओहोरदोहोर गर्ने गरेको प्रहरीको भनाइ छ ।
