जीप दुर्घटना हुँदा चालक सहित २ जनाको घटनास्थलमै मृत्यु

जिल्ला विशेष यातयात समाचार

डोटी, १० चैत २०८२  ।

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको जीप दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक आदर्श गाउँपालिका-३ काँडीस्याउलेका  २२ वर्षीय सुबोध रोकाया र सोहि ठाउँका १९ वर्षीय कैलाश बिक छन् । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३  नम्बरको बोलेरो जीप घुम्तीबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटना राति करिब साँढे १२ बजेतिर भएको थियो ।