काठमाडाैँकाे तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियाे

जिल्ला विशेष समाचार

काठमाडाैँ, ९ साउन २०८३ । 

काठमाडाैँकाे तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटिएकाे छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला जलेकाे अवस्थामा मृत फेला परेकी हुन् ।

तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल जलेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिनुभयाे । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

घटनाबारे अहिले प्रहरीले थप अनुसन्धान अघि बढाएको एसएसपी घिमिरेले बताउनुभयाे ।