ग्वार्कोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

यातयात समाचार

काठमाडौं, २१ साउन २०८३ ।

ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते हुनुका साथै एकजनाकाे मृत्यु भएको हो ।

बा२ख ३५९० नम्बरको बस दुर्घटना हुँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिनुभयाे । दुर्घटनामा घाइते ६ जनाकाे बी एण्ड बी अस्पतालमा उपचार भैरहेकाे छ भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।