श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिँदै

पोखरा, २३ चैत २०८१ ।

श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिने भएको छ । आयोजक मानव सेवा फाउण्डेशनले ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को अवसरमा चैत २४ गते आइतबार संकल्प सभा गर्न लागेको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा आयोजना हुने कोटिहोमको संकल्प सहितका कार्यक्रमहरु चैत २४ गते आयोजना गरिएको आयोजक मानव सेवा फाउडेशनले जनाएको छ । विरौटा स्थित सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आसपासका स्थानमा आयोजना हुने कोटिहोमको अहिले तयारी तिब्र पारिएको छ ।

अभिभावक विहिन बेसहारा बालबालिका र सहारा विहिन वृद्धवृद्धाहरुलाई नि–शुल्क आश्रय दिइरहेको फाउण्डेशनले २०८२ सालको बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म कोटिहोमको आयोजना गरेको छ । यज्ञ शिरोमणी बालयोगेश्वर विजयश्री कृष्ण मूर्ति जी महाराजको सत्संकल्पमा हुन लागेको कोटिहोममा हवन कार्य सहित भागवत पाठ परायण, अतिरुद्राभिषेक, भजन प्रतियोगिता, सामुहिक ब्रतबन्ध लगायतका अनुष्ठानहरु हुनेछन् ।