सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले चिट काट्यो

चर्चा बाहिरका कुरा प्रशासन यातयात राजनीति समाचार

काठमाडौँ, २ वैशाख २०८२ ।

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले चिट काटेको छ  । थापाथलीमा लेन क्रस गरि नियम उल्लंघन गरेको गाडीलाई सिंहदरबार पुगेर ट्राफिक प्रहरीले चिट काटेको हो ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । सभामुखको गाडीसँगै अघि  र पछि हिड्ने तीन वटा गाडीलाई चिट काटिएको ट्राफिक प्रहरी स्रोतले पुष्टि गरेको छ ।

नियम उल्लंघन गर्ने सबै समान भएकाले  चिट काटिएको ट्राफिक प्रहरीले जनाएको छ । यसको, उसको गाडीभन्दा पनि नियम उल्लंघन गर्ने गाडीलाई चिट काटिएको बताइएको छ ।

उक्त गाडीमा सभामुख भएनभएको खुलेको छैन । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो ।