आज अधिकांश ठाउँमा पानी पर्ने सम्भावना, बेलुकादेखि अझै मनसुन सक्रिय हुने

काठमाडौं, १७ असोज २०८२ ।

आज देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । दिउँसो देशभर सामान्यतया बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको हो ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको कारण बदली र वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई ठाँउमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds