काठमाडौं, २७ असोज २०८२।
हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । दूतावास र परिवारलाई जिवित रहेको प्रमाण नभएको जनाएको हमासले जोशीको मृत्यु भएको पुष्टि गरेको हो ।
हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने तयारी छ ।
बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो ।