अझै केहि दिन पानी पर्ने सम्भावना, यस्तो छ मौसमी अवस्था

चर्चा बाहिरका कुरा जीवनशैलि माैसम समाचार समाज

काठमाडौ, २१ वैशाख २०८३ ।

अझै केही दिन पानी पर्ने सम्भावना देखिएको छ । पानी पर्ने प्रणाली सक्रिय देखिएकाले केहि ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ । अरु प्रदेशका केही ठाउँमा पनि हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा अरु प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान रहेको मौसमविदहरुले बताएका छन् । पर्सि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

ठूलो पानी पर्ने क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा चट्याङ्ग र हावाहुरीबाट जोगिन सुरक्षित ठाउँमा बस्न महाशाखाले आग्रह गरेको छ । अहिले पनि विभिन्न राजमार्ग तथा सडक अवरुद्ध भएकाले यात्रा गर्दा समेत सतर्क हुन महाशाखाले सुझाव दिएको छ ।