बागलुङमा स्कुल भ्यान दुर्घटना हुदा २४ जना घाइते

बागलुङ, २९ माघ २०८२ ।

बागलुङमा स्कुल भ्यान दुर्घटना हुदा २४ जना घाइते भएका छन्  । विहिवार एभरेष्ट एकेडेमी स्कुल रामरेखाको ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान दुर्घटना भएको हो ।

विद्यार्थी बोकेर रातमाटा जाँदै गर्दा बागलुङ नगरपालिकामा दुर्घटना भएको  प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइते २४ जनामध्ये  ४ जनाको अवस्था गम्भिर रहेको उहाँको भनाई छ । घाइतेहरुको उद्दार गरी धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भ्यान के कारण दुर्घटना भयो भन्ने खुलेको छैन । गाडी सडकबाट तल खसेको छ ।

This will close in 0 seconds