कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो

यातयात समाचार

काठमाडाैँ, २८ भदाै २०८३ ।

कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइएकाे छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएपछि सवारी पास गराइएकाे हाे ।

दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केहीबेरअघिबाट सडक आंशिक रुपमा सञ्चालनमा आएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयाे ।तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको छ ।