सुजन प्रेमी सुवेदी
२०८२ भदौ २३ गते “नयाँपुस्ता आन्दोलन” भन्दै सुरु भएको आन्दोलनमा कलिला विद्यार्थीको ज्यान गयो । २४ गते देशका मुख्य संरचना जले । नयाँ पुस्ता अर्थात जेनजी आन्दोलन भन्दै गरिएको उक्त आन्दोलन गर्नुको उद्देश्य सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार अन्त्य गर्ने भन्ने थियो । भदौ २३ गते शान्तिपूर्ण भन्दै सुरु गरिएको आन्दोलन पछि देशका प्रमुख संरचना तथा अड्डा जलाउनेसम्मका गतिविधि भए । यसअघि विभिन्न स्वार्थमा कृडास्थल बन्न बाध्य देशलाई यसपटक पनि प्रयोग गरिएको थियो । घटना कसले र किन गर्यो भन्नेमा कोहि नेतृत्वकर्ता हुँ भन्दै आउन सकेनन् वा चाहेनन् । घटनाको बारेमा म भित्र जान चाहन्न त्यसैले २४ गतेको विध्वंशपछि अभिभावकविहिन बन्दाको देशको अवस्था भने स्मरण गर्नैपर्छ । घटनापछि देश सरकारविहिन हुन पुग्यो ।
पूर्व प्रधानन्यायधिस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । घटनापछि बनेको अन्तरिम सरकारले मंसिर १५ गते सोमबारका दिन मन्त्रीपरिषद् बैठकबाट भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गर्यो ।
यहि सरकारविहिन अवस्थालाई नेतृत्वदायी भूमिकामा लैजानेबेलामा भने जेनजीका नाममा अनेकौँ नाम अगुवाको रुपमा आए । घटना २३ र २४ गते भएको थियो जतिबेला नेकपा एमाले नेतृत्वको सरकार थियो । एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते साँझ राजीनामा दिएपछि सरकारविहिन बनेको देशमा अनेकौँ लभिङ हुन थाले । भदौ २४ पश्चातको परिस्थिति झन् कहालिलाग्दो भएको थियो । अन्ततः पूर्व प्रधानन्यायधिस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । घटनापछि बनेको अन्तरिम सरकारले मंसिर १५ गते सोमबारका दिन मन्त्रीपरिषद् बैठकबाट भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गर्यो । भदौ २३ गते जे भयो यसले २४ गते निम्त्यायो भन्ने बहस अझैपनि व्यप्त भैरहेको छ । २४ पछि २३ भन्नेहरुपनि छन् । गोली चलाउने र देश जलाउनेको बहस चल्दाचल्दै यो घटना भएको पनि एक वर्ष पुरा भैसकेको छ ।

यसअघिको सरकारको निर्णय कार्यान्वयनको रुपमा २०८३ साल भदौ २३ गते मंगलबार जेनजी शहीद दिवसको अवसरमा आन्दोलनका क्रममा जलाइएको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि स्मृति सभा आयोजना गरियो । कार्यक्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसददेखि गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, पूर्वाधारमन्त्री सुनिल लम्साल, मन्त्री महावीर पुन, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल लगायतका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति थियो । कार्यक्रममा गत वर्ष भदौ २३ को जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाको परिवारका सदस्यहरूसमेत सहभागी थिए । शहीदको सम्मान र स्मरणका लागि आयोजित जेनजी शहीद दिवस कार्यक्रममा विवादित भनिएका धर्मगुरु बालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराज (विजय भण्डारी) र आचार्य श्रीनिवास ( दिनेश प्रसाद पण्डित) पनि मञ्चमा देखिए । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी) मा आयोजित यस कार्यक्रममा अनेकौँ अतिथिहरुको उपस्थिति थियो । जो कुनै न कुनै बेला एक न एक विवादमा परेकै छन् । विवादकै कुरा गर्ने हो भने कानुनमन्त्री सोविता गौतमदेखि गृहमन्त्री सुधन गुरुङसम्मका नेताहरु मुछिएका छन् ।
हिजोको विवादलाई मसला बनाएर कुनै पात्रमाथि निरन्तर प्रश्न उठाइन्छ भने ती मञ्का अन्य अनुहारहरु सबै निर्विवाद थिए ?
कार्यक्रमपश्चात नेपाली सञ्चारमाध्यामले धर्मगुरुले मञ्चमा स्थान पाएकोप्रति प्रश्न गर्दै विभिन्न कोणबाट रिपोर्ट प्रस्तुत गरे । उनीहरुले कुनैसमय विवादित भएकै आधारमा धर्मगुरुहरु मञ्चमा किन भन्दै निर्लज्ज प्रश्न उठाइरहेका थिए । तर त्यहि भिडमा कुनैसमय विवादित भएका अन्य पात्रहरुको भने न प्रश्न उठ्यो न चर्चा चल्यो । विवादित धर्मगुरुहरुको हिजोका विवादित कार्यशैलि प्रति मेरा पनि अनेकौँ असन्तुष्टि छन् । तर आज पक्कै उनीहरु विवादित छैनन् । यदि अहिलेपनि विवादित थिए भने केपी शर्मा ओली देखि दिपक खड्का जस्ता पत्रहरुलाई पक्राउ गर्न तम्सिएका गृहमन्त्री सुधन गुरुङले एउटै मञ्मा बस्ने अवसर दिन्थे होला ? हिजोको विवादलाई मसला बनाएर कुनै पात्रमाथि निरन्तर प्रश्न उठाइन्छ भने ती मञ्का अन्य अनुहारहरु सबै निर्विवाद थिए ? यदी कुनैसमयको विवादलाई अहिलेपनि विषयकेन्द्रीत बनाउने हो भने गेरुवस्त्रधारी धर्मगुरुहरुमाथि मात्रै प्रश्न किन ?

विभिन्न बहानामा धार्मिक क्षेत्र दुषित बनाउने खेल नेपालका लागि नौलो होइन । धर्मगुरुको मञ्चमा स्वागत देखेर सनातन धर्ममाथि खेल खेल्नेहरुको मुटु पक्कै चस्किएको हुनुपर्छ । कतीपयको टिप्पणी पनि देखिन थालेको छ कि धर्म निरपेक्ष देशमा धर्मगुरु किन ? भन्ने । तर उनीहरुलाई धर्म निरपेक्ष भनेको सनातन हिन्दुधर्म मास्नु होइन सबै धर्मको संरक्षण र रक्षा गर्नु हो भन्ने हेक्कासमेत रहेनछ । गेरु वस्त्रधारी विवादित देख्ने नजरले अन्यपात्र नदेख्नु अर्को उदेशलाग्दो पक्ष हो । हिजोका दिन विवादित थिए भन्ने हेतु हो भने त्यहाँको अन्य पात्रको इतिहासमा कुनै विवाद थिएनन् ? यदि उनीहरु आजपनि विवादित पात्र नै हुन् भने कानुनअनुसार कार्वाही गर्न किन नसकेको ? मलाई यी दुई पात्रसँगको इतिहास र वर्तमानसँग मतलव छैन तर गेरुवस्त्रप्रति यतिधेरै आरिश भएको देखेर चैँ मनका कुरा व्यक्त गर्नैपर्ने देखेको हुँ । पछिल्लो समय नेपालमा सनातन धर्मप्रति विभिन्न बहानामा आक्रमण हुँदै आएको छ । अहिलेको यो कन्ट्रोभर्सीलाई यसैको अर्को अंशका रुपमा लिन सकिन्छ । यदि यो होइनभने विवादका सयौँ अनुहारमध्ये यी दुई पात्रमात्र कसरी चर्चामा आए ? विवाद सानो होस् या ठुलो, पुरानो होस् या नयाँ, मिलिसकेको होस् वा चलिरहेको, यो सबैका लागि उत्तिकै हो । तर धर्मगुरुका अनुहार देख्नासाथै यसरी आत्तिहाल्नुपर्ने, डराइहाल्नुपर्ने, कोकोहोलो गरिहाल्नुपर्ने खास कारण चैँ बुझ्न अझै सकिरहेको छैन ।
धार्मिक पहिचानकै आधारमा विगत कोट्याएर सनातन धर्मको अवमूल्यन गरिन्छ भने यो किमार्थ स्विकार्य हुदैन ।
यति लेखिरहँदा यी विवादित भनिएका पात्रहरुको बचाउ गर्न खोज्यो भन्ने धारणा कसैले बनाउँछन् भने यो कदापी होइन । यहाँ पात्रसँग होइन प्रवित्तिसँग मेरो प्रश्न हो । सनातन धर्ममाथि अनायसै उठेका प्रश्नहरुको भिडमा देखेको छित्र हो यो लेख । चन्दन तिलक लगाएर मञ्च प्रवेश गरेकाहरुमाथि आएका प्रश्नहरुको छालले उब्जाएको अर्को खुल्दुली हो यो जुन अनुत्तरित छ तर अनिवार्य । कोहिपनि कानुनभन्दा माथि हुनुहुदैन र गलत गर्नेलाई कानुनअनुसार सजाय हुनैपर्छ । तर विगतलाई कोट्याएर वर्तमान धमिल्याउन खोज्नु कत्तिको जायज होला ? प्रश्न गर्नपनि पाइन्छ । यी पात्र के साइनोेले त्यहाँ पुगे भन्नपनि पाइन्छ । विरोध नै गर्नपनि पाइन्छ । तर त्यहाँ देखिएका अनुहारहरु सबैको साइनो जेनजी आन्दोलनमा जोडिएको थियो त ? यसको उत्तर चैँ पक्कै खोज्नुपर्छ । हिजो गोली चल्दा र सिंहदरबार जल्दाको अवस्थामा अनुत्तरित प्रश्नहरुले यो दृश्यमा झन् प्रतिप्रश्न गरेको त छैन ? धार्मिक पहिचानकै आधारमा विगत कोट्याएर सनातन धर्मको अवमूल्यन गरिन्छ भने यो किमार्थ स्विकार्य हुदैन ।
