नेपालमै मल कारखाना खाेल्ने बाटाे खुल्याे, सरकारद्वारा प्रस्ताव आह्वान

अर्थ बजार कृषि चर्चा बाहिरका कुरा जीवनशैलि समाचार समाज

काठमाडाैँ, २९ असाेज २०८३ । 

नेपालमै मल कारखाना खाेल्ने बाटाे खुलेकाे छ । सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हाे।

वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले विहीबार एक सूचना जारी गर्दै इच्छुक योग्य कम्पनी, संयुक्त लगानी तथा कन्सोर्टियमसँग यस्तो प्रस्ताव मागेको छ ।

सूचनाअनुसार, निर्माण गरिने उक्त व्यावसायिक प्लान्टको क्षमता भविष्यमा आवश्यकताअनुसार बढाउन सकिने हुनुपर्नेछ। यस प्लान्टले हरित हाइड्रोजन उत्पादन, नाइट्रोजन उत्पादन, अमोनिया सिन्थेसिस, औद्योगिक कार्बन क्याप्चर र युरिया सिन्थेसिसको समग्र कार्यलाई समेट्नुपर्ने सर्त मन्त्रालयले राखेको छ।

मन्त्रालयकाे सूचना र ढाँचाकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।