हुम्ला, २१ असाेज २०८३ ।
हुम्लामा बेमासमी हिमपात हुँदा जनजीवन प्रभावित बनेकाे छ । हुम्लाकाे नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएकाे हाे ।
वर्षा र हिमपातका कारण चिसाे बढेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयाे । अहिले हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात भैरहेकाे छ भने तथा तल्लो क्षेत्रमा पानी परेको छ ।
अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ ।
