काठमाडाैँ, ८ मंसिर २०८३ ।
बिहानै ५.६ म्याग्निच्युडको भूकम्प गएकाे छ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको हाे ।
बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका डा. लोकविजय अधिकारीले जनाकारी दिनुभयो ।
भूकम्पको धक्का गण्ढकी प्रदेशका विभिन्न जिल्ला, काठमाण्डौ उपत्यका, पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लासहित विभिन्न ठाउँमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिबारे थप विवरण प्राप्त भएको छैन ।
