काठमाडौँ उपत्यकामा रास्वपाको क्लिनस्विप, १५ निर्वाचन क्षेत्रमै बज्यो घन्टी

काठमाडौँ, २४ फागुन २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ उपत्यकामा क्लिनस्विप गरेको छ । काठमाडौँका १० सहित ललितपुरका ३ र भक्तपुरका २ गरी १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् । पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल ३९ हजार ४ सय ९१ मतसहित विजयी हुनुभयो […]

पुरा पढ्नुहाेस्

ओखलढुंगाको रोचक नतिजा, ५ भोटले रास्वपाका उम्मेदवार विजयी

ओखलढुंगा, २४ फागुन २०८२ । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका कुमार लुइटेललाई ५ मतले हराउदै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् […]

पुरा पढ्नुहाेस्

कांग्रेस सभापति थापालाई हराउँदै सर्लाही ४ मा रास्वपाका अमरेश सिंह विजयी

काठमाडौँ, २४ फागुन २०८२ । प्रतिनिधि सभा चुनवामा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंह विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई हराउनुभएको हो । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउनुभयो । शुरूमा मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा […]

पुरा पढ्नुहाेस्

सुशीला आमाको त्यो साहस

सुजन प्रेमी सुवेदी शान्तिको विगुल फुक्ने देश नेपाल, २०८२ सालको भदौ २३ र २४ गते एउटा रणभूमिजस्तै बन्न पुग्यो । नयाँ पुस्ता अर्थात जेनजी आन्दोलन भन्दै गरिएको उक्त आन्दोलन गर्नुको उद्देश्य सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार अन्त्य गर्ने भन्ने थियो । भदौ २३ गते शान्तिपूर्ण भन्दै सुरु गरिएको आन्दोलन पछि देशका प्रमुख संरचना तथा […]

पुरा पढ्नुहाेस्

देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खसेको अनुमान

काठमाडौँ, २१ फागुन २०८२ । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । चुनावकाे प्रारम्भिक अनुगमनपछि निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिओक) ले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको निष्कर्ष निकालेको हो । विगतका चुनावकाेहरूको तुलनामा यस पटक राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार […]

पुरा पढ्नुहाेस्

आजबाट चुनाव प्रचार गर्न रोक, मौन अवधि शुरु

काठमाडौँ, १९ फागुन २०८२  आजबाट चुनाव प्रचार गर्न रोक लगाइएको छ । मौन अवधि सुरु भएसंगै चुनाव प्रचारमा रोक लगाइएको हो ।  पर्सि बिहिवार (फागुन-२१ गते)  हुने प्रतिधिसिभा सदस्य चुनावअन्तर्गत मौन अवधि शुरु भएको र  राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारको अवधि गएराति १२ बजेदेखि सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई […]

पुरा पढ्नुहाेस्

यो पटक पेट्रोलियम पदार्थको मूल्य स्थिर, अन्तर्राष्ट्रिय बजारमा भने बढ्यो

काठमाडौँ, १७ फागुन २०८२ । यो पटक पेट्रोलियम पदार्थको मूल्य स्थिर भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा घटबढ नगरिएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको भएपनि उपभोक्तालाई राहत दिने उद्देश्यले पुरानै […]

पुरा पढ्नुहाेस्

मतदानकै दिन बेलुकादेखि मतगणना शुरू हुने, सम्भावना कति?

काठमाडौँ, १५ फागुन २०८२ । निर्वाचन आयोगले यस पटक मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने भएको छ । मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने  आयोगले योजना बनाएको हो । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो […]

पुरा पढ्नुहाेस्

आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ फागुन २०८२ । आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज विशेषगरी पूर्वी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । आज र भोलि नै बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान तराई भूभागका केही ठाउँहरुमा बिहानको समयमा हुस्सु लागेको छ […]

पुरा पढ्नुहाेस्

नेपाली यात्रु सहयोगी एप ‘सजिलो’को सेवाशुल्क छुट, निर्वाचनमा सेवा बन्द हुने

काठमाडौं, १४ फागुन २०८२ । नेपालीका लागि नेपालमै बनेको यात्रु सहयोगी (राइड सेयरिङ) एप ‘सजिलो’ले निर्वाचनका बेला सेवा बन्द गर्ने भएको छ । ‘सजिलो’को तर्फबाट एक विज्ञप्ति जारी गर्दै फागुन १६ गतेदेखि २३ गतेसम्म कार्यालय बन्द गर्ने जानकारी दिइएको हो । कार्यालय बन्द भएपनि एपको सेवा भने निर्वाचनको अघिल्लो दिन र निर्वाचनका दिन गरेर दुई […]

पुरा पढ्नुहाेस्