स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, १४ फागुन २०८२। निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । साथै […]

पुरा पढ्नुहाेस्

हेलिकप्टर दुर्घटना हुँदा बालबालिकासहित १५ जनाको ज्यान गयो

काठमाडौँ, १२ फागुन २०८२ । पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये […]

पुरा पढ्नुहाेस्

टी–२० विश्वकपमा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हरायो

काठमाडौँ, १२ फागुन २०८२ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हराएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो । जिम्बावेका ब्राड इभान्सले ४३ रन […]

पुरा पढ्नुहाेस्

पोखराबाट काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ, ११ फागुन २०८२ । पोखराबाट काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्दा १७ जनाको ज्यान गएको छ । ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा परेर २४ जना घाइते भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम […]

पुरा पढ्नुहाेस्

फागुन १५ गते भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १० फागुन २०८२ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन दिएको छ । सरकारले गएको भदौ २३ र २४ गते भएको  जेनजी  प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ […]

पुरा पढ्नुहाेस्

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १० फागुन २०८२ । आज केहि ठाउमा वर्षा र हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको हो । कोशी, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव […]

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगलाई नै अटेर गर्दै अधिकांश उम्मेद्वारहरु: बैंक खाता खोल्नै मान्दैनन्, नियम मान्न किन समस्या?

काठमाडौँ, ८ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य उम्मेद्वारहरुले निर्वाचन आयोगलाई नै अटेर गरेको पाइएको छ । आयोगले आर्थिक पारदर्शिताका लागि छुटै बैंक खाता खोल्न भनेपनि उनीहरुले नखोलेको पाइएको हो । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न दल र उम्मेदवारलाई ताकेता गरेको छ । आयोगले चुनावकाे प्रचारप्रसारसम्बन्धी सबै खर्च नयाँ खातामार्फत हुनुपर्ने भएकाले बाँकी […]

पुरा पढ्नुहाेस्

काठमाडौ विश्वकै प्रदूषित शहरको सूचीमा चौथो नम्बरमा

काठमाडौँ, ८ फागुन २०८२ । काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष ४ नम्बरमा परेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाण्डौको एक्यूआई १ सय ८१ मापन गरिएको छ, यो वायुको गुणस्तर अस्वस्थ हो । शून्यदेखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १ सय एक्यूआईसम्मको हावाको […]

पुरा पढ्नुहाेस्

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी, ८ फागुन २०८२ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न भएको छ । कालीगण्डकी करिडोर योजनाअन्तर्गत १३ किलोमिटर सडक दुई लेनको ११ मिटर फराकिलो गरी अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार, सडकको ढलान र कालोपत्र ९ सय ६० मिटर बाहेक सबै खण्डमा सकिएको छ । […]

पुरा पढ्नुहाेस्

प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ६ फागुन २०८२ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको छ । आयोगले चुनावी गतिविधि गर्दा हुनसक्ने प्रविधिको दुरुपयोगलाई मध्यनजर गर्दै यस्तो आग्रह गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी सृजना गरिएका कतिपय सामग्री सामाजिक सञ्जालमा नराख्न र चुनावलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । प्रविधिको […]

पुरा पढ्नुहाेस्