अब प्यान बिना राइड सेयरिङ गर्न नपाइने, यस्ताे छ नयाँ व्यवस्था

काठमाडाैं, ३२ असार २०८३ । अब प्यान बिना राइड सेयरिङ गर्न नपाइने भएकाे छ । सरकारले राइड सेयरिङ चालकलाई करको दायरामा समेट्न अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको हाे । आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ७८ तथा आयकर नियमावली २०५९ को नियम २३ ले निर्धारण गरेको प्रावधान उद्धृत गर्दै राइड […]

पुरा पढ्नुहाेस्

वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई नहटाउनुः मानव अधिकार आयाेग

कठमाडाैँ, २५ असार २०८३ । राष्ट्रिय मानव अधिकार आयोगले  वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई नहटाउन सरकारलाई निर्देशन दिएकाे छ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो । आयोगले अनुगमन गर्दा  वैकल्पिक व्यवस्था नमिलाई, पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुम्वासीलाई हटाइएको एक […]

पुरा पढ्नुहाेस्

वैदेशिक अध्ययन क्षेत्रका गतिविधि समेट्दै अब्रोड खबर सञ्चालनमा

काठमाडौँ, २४ असार २०८३ । वैदेशिक अध्ययन क्षेत्रका गतिविधि समेट्दै अब्रोड खबर डटकम सञ्चालनमा आएको छ । वैदेशिक अध्ययनका लागि सम्पूर्ण जानकारी दिने उद्देश्यले अब्रोड खबर सञ्चालनमा आएको हो । अध्ययनका लागि विदेश जाने विद्यार्थी, विश्वविद्यालय, सम्बन्धीत देश, परामर्श केन्द्र सहित विविध जानकारी अब्रोड खबरमा पाउन सकिने सञ्चालक अर्जुन तिम्सिनाले जानकारी दिनुभयो । नेपालका शैक्षिक […]

पुरा पढ्नुहाेस्

देशका धेरैजसो ठाउँमा भाेलि पनि पानी पर्ने

काठमाडाैँ, १७ असार २०८३ ।  भाेलि पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना देखिएकाे छ । भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएकाे हाे । पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम […]

पुरा पढ्नुहाेस्

आफैँले सवारी हाँकेका उपमेयरको दुर्घटनामा परेर ज्यान गयो

प्युठान, १४ असार २०८३ । आफैँले सवारी हाँकेका उपमेयरको दुर्घटनामा परेर ज्यान गएको छ । गाडी दुर्घटनामा परी प्यूठानको स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख (उपमेयर) मिनराज राना मगरको मृत्यु भएको हो । शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर तल खसेर दुर्घटना भएको […]

पुरा पढ्नुहाेस्

आजको राशीफल हेर्नुहाेस्

मेष Aries विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। वृष Taurus आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन Gemini नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने […]

पुरा पढ्नुहाेस्

ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

चितवन, ८ असार २०८३ । चितवनकाे भरतपुर महानगरपालिका–१५ मा ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएकाे छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि उतैतर्फ  गुडिरहेको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको हाे। दुर्घटनामा स्कुटर चालक भरतपुर–२६ का २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङकाे ज्यान […]

पुरा पढ्नुहाेस्

आजदेखि ५ सयका नयाँ नोट आयो, यस्तो छ विशेषता

काठमाडौ, ३ असार २०८३ । आजदेखि ५ सयका नयाँ नोट आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको हो । संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र […]

पुरा पढ्नुहाेस्

ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव, गाडीमा क्यामरा अनिवार्य

काठमाडौँ, २ असार २०८३ । ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ । सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन सम्बन्धी प्रस्तुति गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले यस्तो प्रस्ताव गर्नुभएको हो । अहिलेको ५ सय र १ हजार […]

पुरा पढ्नुहाेस्

मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका ‘बीवाइडी’ गाडी फुकुवा

काठमाडाैँ, २ असार २०८३ । मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका ‘बीवाइडी’ कम्पनीको चिनियाँ विद्युतीय गाडी फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र […]

पुरा पढ्नुहाेस्