बागलुङको गाजादहमा बैकुण्ठ चतुर्दशी मेलाः बुद्धको मूर्ति स्थापना, २१ तोरण तारियो

चर्चा बाहिरका कुरा जिल्ला विशेष जीवनशैलि धार्मिक तथा आध्यात्मिक मनाेरञ्जन समाचार समाज

बागलुङ, ९ मंसिर २०८३ ।
बागलुङको जैमिनी नगरपालिकामा अवस्थित गाजाको दहमा बैकुण्ठ चतुर्दशी मेला सम्पन्न भएको छ । जैमिनी नगरपालिका सहित बरेङ गाउँपालिका, गलकोट नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा पर्ने गाजादहमा वैकुण्ठ चतुर्दशी मेला सम्पन्न भएको हो ।

वैकुण्ठ चतुर्दशीका दिन रातभर जाग्राम बसी कार्तिक शुक्ल पूर्णिमाका दिन भक्तजनहरुले २१ वटा तोरण तारेको जैमिनी नगरपालिका ३ नं वडाका वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभयो । सोहि अवसरमा गाजादह प्रंगणमा भगवान गौतम बुद्धको मूर्ति समेत स्थापना गरिएको उहाँको भनाई छ ।

सिद्धबराह ताल तथा रुद्रतालको नामले समेत चिनिने गाजादहमा हरेक वर्ष वैकुण्ठ चतुर्दशीका दिन ठुलो मेला लाग्नेगरेको छ । मेलामा बागलुङ सहित आशपासका जिल्लाहरुबाट समेत ठुलो मात्रामा भक्तजनहरु आउने गरेका छन् ।

पछिल्लो समय गाजादहलाई व्यवस्थित बनाइएको छ । सेल्फी पार्कसहितका विशेषताले यहाँ पर्यटकहरुको आगमन बढ्न थालेको छ । गाजादहबाट सुन्दर हिमालका दृश्य सहित सुर्योदय र सुर्यास्तको समेत दृश्यावलोकन गर्न सकिन्छ ।