धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा मिश्र

काठमाडौ, २८  असार २०८२ । धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । धार्मिक र आध्यात्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुद्वारा गठित समाजको प्रथम अधिवेशन शनिबार पशुपतिमा सम्पन्न भएको हो । पशुपतिको आनन्द धर्मशालामा आयोजित अधिवेशनबाट पूर्ण प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा देशकै अग्रणी धार्मिक […]

पुरा पढ्नुहाेस्

मलेखु–मुग्लिन सडक साढे चार घण्टा बन्द हुने

धादिङ, ३० जेठ २०८२ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड आजदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक […]

पुरा पढ्नुहाेस्

उच्च शिक्षा सुधार गर्न विद्वानहरूकाे बहस

काठमाण्डाैं, २ बैशाख २०८२ । नेपालमा उच्च शिक्षा सुधारका निमित्त विद्वानहरूले छलफल सुरु गर्नुभएको छ। उच्च शिक्षा प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा विद्वानहरूले नेपालमा शिक्षाकाे स्तर सुधारबारे छलफल गर्नुभएको हाे । पछिल्लो समय नेपालमा २४ वटा विश्वविद्यालय उच्च शिक्षाका निमित्त तयार भएपनि नेपाली विद्यार्थी तथा अभिभावकको चाहना विदेशतिर बढिरहेकाे छ । यसप्रति विद्वानहरुले चासो र चिन्ता […]

पुरा पढ्नुहाेस्

श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिँदै

पोखरा, २३ चैत २०८१ । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिने भएको छ । आयोजक मानव सेवा फाउण्डेशनले ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को अवसरमा चैत २४ गते आइतबार संकल्प सभा गर्न लागेको हो । कास्कीको पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा आयोजना हुने कोटिहोमको संकल्प सहितका कार्यक्रमहरु चैत […]

पुरा पढ्नुहाेस्

ट्रकबाट बरामद भएकाे २५ कराेड रुपैयाँकाे मालिक भेटिए

काठमाण्डाै, २२ चैत २०८१ । प्रहरीले गएको चैत ४ गते काठमाण्डाैकाे टोखा नगरपालिकाकाे झोरबाट ट्रकमा बरादम गरेको झन्डै २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान गरेको छ । त्यो रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलको रहेको खुलेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए । सिन्धुपाल्चोकको भोटेकोशी […]

पुरा पढ्नुहाेस्

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डौ, १८ चैत २०८१ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा […]

पुरा पढ्नुहाेस्

पोखरामा सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान, हिमालयको जहाज अवतरण

काठमाण्डौ, १८ चैत २०८१ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ […]

पुरा पढ्नुहाेस्

बाग्लुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बाग्लुङ, १८ चैत २०८१ । बाग्लुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित १० वटा पालिकाका दुई सय ८५ ठाउँमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा धेरै जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रयोगशाला प्राविधिक डिल्ली […]

पुरा पढ्नुहाेस्

सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुग्यो

काठमाण्डौ, १८ चैत २०८१ । सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७६ हजार […]

पुरा पढ्नुहाेस्