सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुग्यो

अचम्मका कुरा अर्थ बजार कुराकानी खेलकुद चर्चा बाहिरका कुरा जिल्ला विशेष जीवनशैलि देश बाहिर धार्मिक तथा आध्यात्मिक पर्यटन पालिका विशेष बैंक तथा वित्त मनाेरञ्जन माैसम राजनीति लेख रचना विचार शिक्षा समाचार समाज साहित्य सृजना सूचना प्रविधि स्वास्थ्य समाचार

काठमाण्डौ, १८ चैत २०८१ ।

सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २५ रुपैयाँ कायम भएको थियो ।