उच्च शिक्षा सुधार गर्न विद्वानहरूकाे बहस

काठमाण्डाैं, २ बैशाख २०८२ ।

नेपालमा उच्च शिक्षा सुधारका निमित्त विद्वानहरूले छलफल सुरु गर्नुभएको छ। उच्च शिक्षा प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा विद्वानहरूले नेपालमा शिक्षाकाे स्तर सुधारबारे छलफल गर्नुभएको हाे ।

पछिल्लो समय नेपालमा २४ वटा विश्वविद्यालय उच्च शिक्षाका निमित्त तयार भएपनि नेपाली विद्यार्थी तथा अभिभावकको चाहना विदेशतिर बढिरहेकाे छ । यसप्रति विद्वानहरुले चासो र चिन्ता व्यक्त गरेका छन् । उच्च शिक्षा प्रतिष्ठानका अध्यक्ष एवम् त्रिविका पूर्व उपकुलपति डा. तीर्थ खनियाले नेपालबाट अघिल्लाे अाठ महिनाकाे अवधिमा मात्रै १ खर्ब ५० अर्ब बराबरको रुपैयाँ उच्च शिक्षाका निमित्त विदेशिएको तथ्याङ्क प्रस्तुत गर्नुभयाे । जब कि नेपालको सिङ्गो शिक्षा प्रणालीका निमित्त २ अर्ब लगभग रकम विनियाेजन हुने गरेको छ। शिक्षा क्षेत्रमा देखिएको यति ठूलो विरोधाभासका कारणहरू खोज्दै विद्वानहरूले अात्मसमीक्षा गर्न ढिलाइ गर्न नहुनेमा जाेड दिएका थिए । निश्चय पनि नेपालमा उच्च शिक्षाका लागि गरिने लगानीको गुणस्तरबारे प्रश्न हुन थालेको छ।

विद्यार्थीहरू बाहिर जानुमा पुस फ्याक्टरका रुपमा गुणस्तरीय शिक्षामा कमी, आर्थिक सुविधाको अभाव, राजनैतिक अस्थिरता तथा कामका सीमित अवसर अादि अाैलाइएकाे थियाे । यसैगरी, पुलिङ फ्याक्टरका रूपमा विदेशमा मात्र राम्राे ठानिने मनोविज्ञान, स्कलरशिपको व्यवस्था र वृत्ति विकासका निमित्त अवसर लगायतका कुराहरु रहेका छलफलमा उल्लेख गरिएकाे छ ।
पछिल्लो समय काठमाडौँमा देखिने होर्डिङ बोर्डको मात्रै अध्ययन गर्ने हो भने पनि स्टडी इन जापान लेखेका बोर्डहरु बढी देखिन्छन् । यसले नेपालको मध्यम स्तरका विद्यार्थीहरु लागि लोभ्याइरहेकाे देखिन्छ ।

कार्यक्रममा प्रोफेसर डाक्टर खगेन्द्र भट्टराई, चिरञ्जीवी श्रेष्ठ, अभिमन्यु थापा, भोला थापा, प्रेमनारायण अर्याल, शान्ति कृष्ण अधिकारी, रमेश ढुंगेल, प्रेमप्रसाद पौडेल, हरि लम्साल, दिल्लीराम उप्रेती, शिवकुमार सापकोटा, वेदराज आचार्य लगायतले विचार व्यक्त गर्नुभएकाे थियाे ।