फाइल फोटो

चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई विष्फोट गराएर खोलिने

जिल्ला विशेष समाचार

 मनाङ, १२ असोज २०८३

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई विष्फोट गराएर खोलिने भएको छ । लेदो र हिलोले थुनिएको मर्स्याङ्दी नदीलाई विष्फोट गराएर खोलिने भएको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले  विष्फोट गर्ने निर्णय गरेको र यसका लागि नेपाली सेनासँग अनुरोध गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काठमाडौंबाट सेनाको विस्फोट गर्ने प्राविधिक टोली आएर थुनिएको नदी विस्फोट गरेर आजै खोल्ने तयारी छ ।

आइतबार ठाडो खोला र घट्टे खोलामा बाढी सहित पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो । विस्फोटका लागि आवश्यक पदार्थ मनाङकै स्थानीय तहसँग रहेको बताइएको छ ।

फाइल फोटो