सुजन प्रेमी सुवेदी
बागलुङ, ८ असोज २०८३ ।
बागलुङको जैमिनी सहित विभिन्न स्थानमा वर्षाको जोखिम देखिएको छ । जैमिनीको विभिन्न वडा सहित बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र निसिखोला गाउंपालिकामा जोखिम देखिएको हो ।
जैमिनीको वडा नं १, वडा नं ३ दमेकको देउरालीखानी, वडा नं ६ अर्जेवाको तिरतिरे, वडा नं ७ जैदीको बाओँ, वडा नं ८ छिस्तीको ढाव र वडा नं ९ पैयुँथन्थापको घिउर र सहरातेमा जोखिम देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङ र पैयुँपाटामा जोखिम देखिएको छ ।
यस्तै ढोरपाटनको वडा नं ७ र निसिखोलाको वडा नं १,२,३ र ५ मा जोखिम देखिएको छ । कालीगण्डकी नदि र करिडोर क्षेत्रमा समेत जोखिम भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
