ओली निवास र मन्त्री क्वार्टरमा आगजनी, शिर्ष नेता र पार्टी कार्यालयमा तोडफोड

समाचार समाज

काठमाडौं, २४ भदौ २०८२ ।

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवास र ललितपुरको भैँसेपाटी स्थित मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवास र मन्त्री क्वार्टरमा समेत आगजनी गरेका हुन् ।
आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।

क्वार्टरमा आगजनी भएपछि भैँसेपाटीबाट मन्त्रीहरुलाई हेलीकप्टरबाट बालुवाटार लगिएको छ । अहिले शिर्षनेता र पाटी कार्यालयहरुमा सुरक्षा सतर्कता बढाइएको छ ।