काठमाडाैं, ८ वैशाख २०८३ ।
सुनको भाउ आजपनि बढेकाे छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । यता चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीकाे भाउ हिजो तोलाको पाँच हजार १९० रुपैयाँ रहेकाे थियाे ।
