कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको ज्यान गयो

देश बाहिर समाचार

काठमाडाैं, ९ जेठ २०८३ । 

चीनको कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको ज्यान गएकाे छ । उत्तरी चीनको सान्छी प्रान्तस्थित चाङझी सहरको लिउसेन्यू कोइला खानीमा बिस्फोट हुँदा ९० जनाको ज्यान गएकाे हाे ।

खानीमा विस्फोट हुँदा २ सय ४७ जना कामदार काम गरिरहेका चाइना डेलीले समाचार लेखेकाे छ । प्रहरीले खानी सञ्चालक कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी बिस्फोटको कारणबारे अनुसन्धान गरिरहेको छ ।

सरकारले २ सय १ जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको सम्भव भएसम्म सबै उपाय अपनाएर उद्धार गर्न निर्देशन दिनुभएको छ ।