ललितपुर, २१ जेठ २०८३ ।
ललितपुरकाे गोदावरी नगरपालिकाकाे गाडी चोरी भएकाे छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको हाे ।
मध्यराति ठेचोबाट स्कर्पियो चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिनुभयाे । विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर खोजी गरिरहेकाे भएपनि अहिलेसम्म स्कर्पियो नभेटिएकाे मिश्रकाे भनाइ छ ।
स्कर्पियोका चालकसँग प्रहरीले सोधपुछ गर्दा आफू सुतेको अवस्थामा चोरी भएकाले केही थाहा नभएको बताएका छन् । सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेको देखिएको प्रहरीले बताएको छ ।
