चितवन, ८ असार २०८३ ।
चितवनकाे भरतपुर महानगरपालिका–१५ मा ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएकाे छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि उतैतर्फ गुडिरहेको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको हाे।
दुर्घटनामा स्कुटर चालक भरतपुर–२६ का २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियाे ।
