पहिराेमा परि ४ जनाकाे ज्यान गयाे

जिल्ला विशेष समाचार समाज

जाजरकोट, ३१ साउन २०८३ ।

जाजरकाेटमा पहिराेमा परि ४ जनाकाे ज्यान गएकाे छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ चिसापानीमा पहिरो जाँदा  ४ जनाकाे ज्यान गएकाे हाे ।

पछिल्लाे समय ७० वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झन्डै ५० मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  यसअघि पहिरोमा परेर घाइते भएका भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो । त्यस्तै पहिरोमा परेर बेपत्ता भएका ५४ वर्षीय ओमसिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ ।