फेरि अर्काे जाेखिम हुने संकेत, नेपालका दुई नदीको संगममा ठुलो जलाशय बन्याे

जीवनशैलि समाचार

काठमाडाैँ, ११ भदाै २०८३ ।

नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि दुई नदीको संगमस्थलमा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको छ । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठुलो ‘ब्यारियर लेक’ बनेको हाे।

उक्त ताल आगामी तीन दिनमा फुट्ने जोखिम उच्च रहेको चीनको केन्द्रीय टेलिभिजन (सीसीटिभी) ले उल्लेख गरेकाे छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिनसमेत थालेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी उक्त तालमा जम्मा हुने अनुमान गरिएको छ । पानीको मात्रा निरन्तर बढ्दै गएमा प्राकृतिक बाँध भत्किएर अचानक ठुलो बाढी आउन सक्ने भएकाले ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ ।

सम्भावित रूपमा प्राकृतिक बाँध फुटेमा बाढीको बहाव कता र कति तीव्र गतिमा पुग्न सक्छ भन्ने आकलन गर्न बाढीसम्बन्धी विभिन्न ‘सिमुलेसन’ तथा विश्लेषणसमेत भइरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आकस्मिक उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन आवश्यक तयारी भइरहेको  छ । चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।