काठमाडौँ, ११ भदौ २०८३ ।
धर्मगुरु विजयकृष्ण मूर्तिजी महाराजले सरकारी कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा उहाँले सो रकम सहयोग गर्नुभएको हो ।
विभिन्न धार्मिक तथा सामाजिक संस्थाको नेतृत्व गरिरहनुभएका विजयकृष्ण मूर्तिले विपत्तिमा सबै जुटेर सहयोग गर्नुपर्ने दायित्व सम्झेर आफूले पनि सहयोग गरेको बताउनुभयो । यस्तो विपत्तिको समयमा यो वा त्यो नभनी सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई छ । “जसले जे सक्छ त्यहि सहयोग गर्ने हो उहाँले भन्नुभयो, हामी अझै प्रभावित ठाउँको जिवनस्तर कसरी सहज बनाउन सकिन्छ भनेर राहतको कामलाई प्राथमिकता दिन्छौँ”
उहाँले व्यक्तिगत तर्फबाट राज्यकोषमा सो रकम जम्मा गरेपनि संस्थाको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ । मामाघर अनाथालय आश्रम ललितपुरका संस्थापक समेत रहनुभएका उहाँले आश्रमको तर्फबाट प्रभावित ठाउँमा राहत पठाउन लागिएको र बालबालिकाहरुलाई आश्रममा संरक्षण गरिने बताउनुभयो । अभिभावक विहिन बालबालिका भेटिएमा सम्पर्क गर्न तथा उद्दार गरी मामाघर आश्रम गोदावरी १४ मा संरक्षणका लागि ल्याउन उहाँको आग्रह छ ।

