काठमाडाैं, १८ भदाै २०८३ ।
आज ५० जिल्लामा बाढीको जोखिम रहेकाे छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवा र नुवाकोटसहित ५० जिल्लामा बाढीको जोखिम रहेकाे हाे ।
ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ , मनाङ्ग, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला, र कन्चनपुरमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ। यस्तै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।
