भाेटेकाेशी बाढीकाे वितण्डाः ३३ देशका नागरिक सम्पर्कविहीन

जिल्ला विशेष जीवनशैलि देश बाहिर समाचार

काठमाडाैं, ११ भदाै २०८३ ।

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ३३ देशका नागरिक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले बिहीबार दिउँसो १२ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार ३३ देशका नागरिक वेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा ५ सय १७ जना विदेशी नागरिक छन् जसमा सबैभन्दा धेरै भारतीय छन्। बोर्डको प्रारम्भिक विवरणअनुसार भारतका १७८ जना नागरिक सम्पर्कविहीन छन्। त्यसपछि अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना छन्।

बोर्डको विवरणअनुसार अस्ट्रेलियाका ३५, बेलारुसका १, बेल्जियमका ३, बुल्गेरियाका १, क्यानडाका २५, फिनल्यान्डका १, फ्रान्सका ४, जर्मनीका ८, हंगेरीका १, भारतका १७८, इटालीका २, आयरल्यान्डका २, इजरायलका १, जापानका ५, कजाखस्तानका २, लाटभियाका ६, लिथुआनियाका १, मलेसियाका ५१, नेदरल्यान्ड्सका २, न्युजिल्यान्डका ५, फिलिपिन्सका १, पोर्चुगलका २, रुसका ८, सर्बियाका १, सिंगापुरका ९, दक्षिण अफ्रिकाका ६, स्पेनका ३, स्विडेनका १, स्विट्जरल्यान्डका १, युक्रेनका ५३, बेलायतका ३३ र अमेरिकाका ६५ जना छन्।

यो ट्रेकिङ तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरण हो। बेपत्ता भनिएका व्यक्तिहरूको अवस्था र उनीहरू कहाँ छन् भन्नेबारे ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरण प्रमाणीकरण भइरहेको छ।