गण्डकी प्रदेशमा १ सय ८५ कर्मचारी दरबन्दी घटाइयो, यस्तो छ प्रतिवेदन

कास्की, २६ साउन २०८२ ।

गण्डकी प्रदेश सरकारले १ सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको हो ।

प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउने लक्ष्यका साथ प्रदेशमा रहेका ७ वटा निर्देशनालय र २ वटा केन्द्र  समेत खारेज गर्ने निर्णय भएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले १ सय ८५ जना कर्मचारीको दरबन्दी घटाएकोमा अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ रहेको  छ ।

निर्णयसँगै खारेज गरिएका निर्देशनालयहरूबाट प्रवाह हुँदै गरेका काम तथा सेवाहरू आगामी दिनमा मन्त्रालयका महाशाखाहरूबाटै उपलब्ध गराउने बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै उहाँले यसबाट सेवा प्रवाहमा कुनै असर नपर्ने उहाले बताउनुभयो ।

त्यस्तै जिल्लास्तरका ३२ निकायलाई गाभेर १७ वटामा झार्ने निर्णय गरिएको छ । यसअघि प्रदेशको विद्यमान प्रशासनिक संरचना बोझिलो भएको र खर्च धान्न नसकिने अवस्था आएको भन्दै सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले दिएको प्रतिवेदन अनुसार प्राप्त सुझावका आधारमा यो निर्णय गरिएको  बताइएको छ  ।

प्रतिवेदन हेर्नुहोस्