सुनसरी, २४ फागुन २०८२ ।
सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाए । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरे । सामपाङ धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए । साम्पाङ ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् ।


