काठमाडौं, २८ फागुन २०८२ ।
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा पुगेको छ । केहि दिनदेखि यहाको वायु प्रदुषण खतराको सीमामा पुगेको हो । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ८ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९२ छ । जावलाखेल क्षेत्रमा प्रदुषण २७२ सम्म पुगेको छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ प्रदूषण बढेपछि सरोकारवालाले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।


