दाउन्नेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, १० जना घाइते

जिल्ला विशेष यातयात समाचार समाज

नवलपरासी, १७ असोज २०८३ ।

दाउन्नेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । नवलपरासी पूर्वको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु नुका साथै  १० जना यात्रु घाइते भएका हुन् ।

कोहलपुरबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ । घाइतेलाई उद्धार गरी कावासोतीमा रहेको मध्यबिन्दु अस्पतालमा पठाइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ । अरु ज्यान गुमाएका पाँच जनाको परिचय खुल्न बाँकी छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।